जोडिनुहोस
  • होमपेज
  • इक्वेडर जेल झडपमा बाह्र कैदीको मृत्यु

अन्तर्राष्ट्रिय

इक्वेडर जेल झडपमा बाह्र कैदीको मृत्यु

इक्वेडर जेल झडपमा बाह्र कैदीको मृत्यु

ग्वायाकिल-ग्वायाकिलको इक्वेडर बन्दरगाहमा रहेको कारागारमा बन्दीहरूबीच भएको झडमा कम्तीमा १२ जनाले ज्यान गुमाएका छन् ।

गत शुक्रबार छ जना बन्दी झुण्डिएको अवस्थामा फेला परेपछि कारागारमा द्वन्द्व शुरु भएको थियो । साताको प्रारम्भमा तीन जना महिला सुरक्षाकर्मी मारिएको घटना सेलाउन नपाउँदै झुण्डिएका बन्दी देखेपछि आपसमा भीषण झडप भएको हो ।

मृतकका शरीरमा गोली लागेका घाउ पनि छन् । यो नरसंहारको अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन् । भाडाका हत्याराले ती महिलालाई गोली हानेको बताइएको छ ।

देशको राष्ट्रिय सेना र प्रहरीले दुई दिनको अथक प्रयासपछि कारागारको विषम स्थितिलाई साम्य पारेको छ । ग्वायाकिल कारागारमा छ हजार आठ सय कैदी छन् ।

विश्वका प्रमुख कोकिन उत्पादक मुलुक कोलम्बिया र पेरुको बीचमा अवस्थित ग्वायाकिल हालैका वर्षमा लागू औषध तस्करीको केन्द्रबिन्दु बनेको छ ।

फेब्रुवरी २०२१ यता इक्वेडरका जेलमा आठ वटा यस्ता वीभत्स हत्याका घटना भइसकेका छन् । ती घटनामा चार सयभन्दा बढी कैदीले ज्यान गुमाएका छन् । धैरेको शव टुक्राटुक्रा पारिएको तथा जलाइएको अवस्थामा भेटिएका थिए ।

लागूऔषध तस्करहरूले जेललाई आफ्नो कारोबार सञ्चालन केन्द्रका रूपमा प्रयोग गर्दा इक्वेडरमा यस्ता घटना बारम्बार हुने गरेका छन् । गत सेप्टेम्बरमा पनि इक्वेडरको अर्को एक कारागारमा यस्तै झडप हुँदा एक सय बीस जना कैदीको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका