जोडिनुहोस
  • होमपेज
  • नेपाल टेलिकमले २१७ जना प्राविधिक सहायकलाई कामबाट हटाएको भन्दै विरोध प्रदर्शन

नेपाल टेलिकमले २१७ जना प्राविधिक सहायकलाई कामबाट हटाएको भन्दै विरोध प्रदर्शन

काठमाडौं : नेपाल टेलिकमले २१७ जना प्राविधिक सहायकलाई कामबाट हटाएको भन्दै विरोध प्रदर्शन भएको छ।

आइतबार दिउँसो टेलिकमबाहिर निष्काशित कर्मचारीले विरोध प्रदर्शनसहित धर्ना दिएका हुन्। उनीहरूले लामो समयसम्म काम गरेका कर्मचारीहरूलाई सरकारी निकायले स्वेच्छाचारी ढंगबाट हटाएको भन्दै पुनर्बहालीको माग गरेका छन्।

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग प्रदर्शनकारीमध्येका भीमबहादुर खड्काले नेपाल टेलिकममा कार्यरत २१७ जना प्राविधिक सहायकहरुलाई टेलिकमले स्वेच्छाचारी ढंगले हटाएको र पुनः बहालीको माग गर्दै आन्दोलनमा उत्रिनु परेको बताए।

उनले १५ वर्ष लामो समयसम्म टेलिकममा काम गरेका कर्मचारीहरुलाई हटाउनु भनेको उनीहरुको रोजीरोटी खोस्नु भएको आरोप लगाए। उनले कर्मचारीहरुको पुनः बहाली नगरे आन्दोलन नरोक्ने चेतावनी दिए।

उनले रोजगारीको ग्यारेन्टीको विषय संविधानको हक भएको उल्लेख गर्दै रोजगारी गरिरहेको कर्मचारीलाई सरकारी निकायले निकाल्नु गलत भएको बताए। उनले लिखित माग सम्बोधन नभएपछि बाध्य भएर धर्ना दिनुपरेको बताए।

उनले भने, ‘नेपाल टेलिकममा कार्यरत २१७ जना प्राविधिक सहायकहरुलाई एक हिसाबले कर्मचारीबाट, उहाँहरुको रोजीरोटी खोसिएको छ, त्यसविरुद्ध धर्ना हो। २१७ जना नेपाल टेलिकममा कार्यरत प्राविधिक सहायक कार्यरत कर्मचारीहरुलाई निष्काशन गरेकाले यो धर्ना गरेका हौँ। पहिलो माग हाम्रो २१७ जना कर्मचारीको पुनःवहाली, आउट सोर्सिङको अन्त्य गरियोस् भन्ने दोस्रो माग हो। लामो समय काम गरेका कर्मचारीहरुलाई निष्काशन गरेकोविरुद्ध हामीले आन्दोलन गरेका हौँ। कर्मचारीको पुनःबहाली नगरीकन हाम्रो आन्दोलन जारी रहन्छ। यसमा सम्पूर्ण पक्षको ऐक्यबद्धता र साथ आवश्यक छ। रोजगारीको ग्यारेन्टीको विषय संविधानको हक हो, रोजगारी गरिरहेको कर्मचारीलाई सरकारी निकायले निकालेको छ। यो स्वेच्छाचारी ढंगबाट निकालिएको छ। लिखित माग सम्बोधन नभएपछि बाध्य भएर धर्ना दिएका हौँ।

उनीहरुले निष्काशित कर्मचारीहरु पुनःबहाली गर, सबैखाले ठेकेदारी प्रथाको अन्त्य गर, स्वेच्छाचारिताको अन्त्य गर, संसारका मजदुर एक हौँ लगायतका नारा लगाएर प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरुले टाउकोमा कालोपट्टीसमेत बाँधेर नेपाल टेलिकमको विरोध जनाएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका