जोडिनुहोस

खेलकुद

संकटाले एपीएफलाई हरायो

संकटाले एपीएफलाई हरायो

काठमाडौं । संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जित निकालेको छ ।

च्यासल मैदानमा आइतबार भएको खेलमा संकटाले नेपाल एपीएफ क्लबलाई १-० गोल अन्तरले हराएको छ ।

संकटाको जितमा जुनियर ओन्गुइने एनकेन्गुएले निर्णायक गोल गरे । जुनियरले खेलको २९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

एपीएफका एडमा डोम्बियाले आयुष घलानलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि संकटाले पेनाल्टीको अवसर पाएको थियो।

संकटाको यो चौंथो जित हो । संकटाले १५ अंक जोडेको छ । एपीएफले ११ अंक जोडेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका