जोडिनुहोस
  • होमपेज
  • सभामुखको ध्यानाकर्षण सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउन

सभामुखको ध्यानाकर्षण  सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउन

काठमाडौँ- मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले सभामुख देवराज घिमिरेसँग भेट गरी अनमिनद्वारा अयोग्य घोषित ४ हजार ८ जना माओवादी लडाकुलाई जनही २ लाख दिने सरकारी निर्णय तत्काल खारेज गर्न ध्यानाकर्षण गराएको छ ।

सभामुखको कार्यालय सिंहदरबारमा भएको छलफलमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार गोविन्द खनाल, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी सहभागी थिए ।

शान्ति समाजका तर्फबाट सभामुखलाई बुझाइएको ज्ञापनपत्रमा संसद्‌मा प्रस्तुत सङ्क्रमणकालीन न्याय सम्बन्धी संसोधन विधेयक पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित हुने गरी अन्तर्राष्ट्रिय मानव अधिकार तथा मानवीय कानून र सर्वोच्च अदालतको फैसलाअनुरूप मानव अधिकार मैत्री बनाएपछि मात्र पारित गर्नुपर्ने भनिएको छ  ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका