जोडिनुहोस
  • होमपेज
  • वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ६६ लाख ठगी आरोपमा दुई जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ६६ लाख ठगी आरोपमा दुई जना पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा पारेर ६६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टाउनप्लानिङमा रहेको ग्रिनलिफ इन्टरनेशनल कन्सल्टेन्सीका र ठमेलमा रहेको नेपाल स्नोफल माउन्टेन्स ट्रेक एण्ड एक्सपिडिसनका सञ्चालक गोंगबु बस्ने २८ वर्षका सुधन कुमार शाही र टोखा, ग्रिनल्याण्ड बस्ने म्यानेजिङ डाइरेक्टर अनिल श्रेष्ठलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । उनीहरुलाई सिनामंगलबाट पक्राउ गरिएको हो ।

उनीहरुले २२ जनालाई इटाली, दक्षिण कोरिया, न्युजिल्याण्ड, पोर्चुगललगायतका देश पठाइदिन्छु, ५ लाख रुपैयाँ मात्रै लाग्छ भनी समग्रमा ६६ लाख ३७ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका