जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

सोमबार अमेरिकी डलर १ को खरिदर १३० रुपैयाँ ६७ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ २७ पैसा निर्धारण भएको छ।

युरोपियन युरो १ को खरिद दर १४३ रुपैयाँ ७५ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ४१ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ २२ पैसा छ भने बिक्री दर १६२ रुपैयाँ ९७ पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ६७ पैसा छ भने बिक्री दर ८८ रुपैयाँ ०७ पैसा छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८१ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १९ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर १९ रुपैयाँ १० पैसा छ।

साउदी रियाल १ को खरिददर ३४ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ छ। कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ६७ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ८४ पैसा छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ५८ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ७५ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ ६८ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ८२ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०२ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०६ पैसा छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका