जोडिनुहोस
  • होमपेज
  • वीरगञ्जका एक युवकको भारतमा रहस्यमय हत्या

वीरगञ्जका एक युवकको भारतमा रहस्यमय हत्या

वीरगञ्ज— वीरगञ्जका एकजना युवकको भारतमा रहस्यमय हत्या भएको छ । वीरगञ्ज –१ छपकैया सिसौंबारीका गणेश राउत कुर्मीका जेठा छोरा सोनालाल राउत कुर्मीको एक साताअगाडि रहस्यमये हत्या भएको हो ।

३२ वर्षीय सोनालाल गत चैत २३ गते दिउँसो १ बजेपछि सम्पर्कविहीन भएका थिए । उनको शव चैत २६ गते बिहान महाराष्ट्रको मुम्बईस्थित कुर्ला स्टेशनबाट रक्सौल–मुम्बई जाने रेलबाट फेला परेको थियो । कुर्ला प्रहरीका अनुसार उनको घाँटी थिचेर टाउकोमा प्रहार गरी हत्या गरिएको थियो । मृतक सोनालालको शवको शल्यपरीक्षण प्रतिवेदन आउन बाँकी छ ।

शव बरामद भएपछि सोनालालका बुबा गणेश राउतसहित ६ जना परिवारजन सोमवार मुम्बई गएर शव सनाखत गरी दाहसंस्कार गरेर फर्केका छन । परिवारजनले स्थानीय प्रहरीमा छोरा बेपत्ता भएको प्रारम्भिक जानकारी गराइसकेको तर जाहेरी किटानी दिन बाँकी रहेको छ ।

सोनालालका भाइ सुनीलले दाइको हत्यामा वीरगंज–१ छपकैयाकै ३२ वर्षीय सरफुल्लाह मियाँ पवरिया र ३० वर्षीय रेयाजुल मियाँ अन्सारीको संलग्नता रहेको दाबी गरेका छन् । सोनालालका यी दुवै साथी अहिले फरार छन् ।

उनीहरू भारतमैं लुकेर बसेको पीडित परिवारजनको आरोप छ । मृतक सोनालाल पूर्वलागूऔषध प्रयोगकर्ता हुन् र मुम्बई जान रेलमा बस्नुअघि चैत २२ गते बुधवारका दिन दिउँसो तीनैजना खानपिन गरी सोनालालको १५ हजार पनि खोसिएको सोनालालकी आमा सरस्वती देवीले बताए ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहले घटनाबारे आफूलाई जानकारी भएको तर सूक्ष्म अनुसन्धानको लागि आवश्यक प्रक्रिया अगाडि बढाउने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका