जोडिनुहोस
  • होमपेज
  • भारतबाट इन्धनको मूल्य बढेर आयो

भारतबाट इन्धनको मूल्य बढेर आयो

काठमाडौँ – नेपाल आयल निगमले भारतबाट इन्धनको मूल्य बढेर आएको जनाएको छ ।

हरेक १५/१५ दिनमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य सूची पठाउँछ ।  आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेलको मूल्य बढेर आएको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर करिब साढे ६ रुपैयाँ र डिजेल प्रतिलिटर करिब १ रुपैयाँ बढेर आएको हो । आयल निगमले हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका