जोडिनुहोस
  • होमपेज
  • भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँड

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँड

काठमाडौं– भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँड भएको छ ।

गोलाप्रथामार्फत  सर्वसाधारणले यसमा कुल १ लाख ३४ हजार ६९९ जना आवेदकले सेयर पाएका छन् । जसमध्ये ३ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् । 

भूगोल इनर्जीको आईपीओमा कुल १२ लाख ५४ हजार ६ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये १ लाख ४ हजार ८५५ जनाको आवेदन भने रद्द भएको छ । 

कम्पनीले १३ लाख ४६ हजार ९९३ आईपीओ बिक्री गरेको थियो । कम्पनीले चैत २३ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि उक्त आईपिओ बिक्री खुला गरेको थियो । 

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार लगानीकर्ताले वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् । साथै, भूगोल इनर्जीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका