जोडिनुहोस
  • होमपेज
  • उपत्यका ट्राफिक प्रहरी कार्यालयको सर्भर डाउन

उपत्यका ट्राफिक प्रहरी कार्यालयको सर्भर डाउन

काठमाडौं : उपत्यका ट्राफिक प्रहरी कार्यालयको सर्भर डाउन भएको छ।

सोमबार सर्भर डाउन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएको हो।

सर्भर डाउन भएपछि जरिवाना तिर्ने सम्बन्धी सबै काम रोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

‘४ गतेका दिन नेपाल सरकारको सम्पूर्ण राजश्व सम्बन्धी रिभेन्यू म्यानेजमेन्ट सिस्टमको सर्भर डाउन भएको हुँदा ट्राफिक फाइन पेमेन्ट  हुँन नसकेर सेवाग्राहीलाई पर्न गएको असुविधा प्रति उपत्यका ट्राफिक प्रहरी कार्यालय क्षमा प्रार्थी छ, ’उपत्यका ट्राफिक प्रहरी कार्यालयले भनेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका