जोडिनुहोस
  • होमपेज
  • १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

झापा– १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महोत्तरी बर्दिवास नगरपालिका-५ बस्ने २९ वर्षीय कुल बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

कुल बहादुरले ती किशोरीलाई झापा मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारस्थित होटलमा गत चैत ३० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैगरी ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिबसताक्षी नगरपालिका-३ भोटेपुल बस्ने ६३ वर्षीय बलराम कामीलाई  प्रहरीले पक्राउ गरेको छ । 

कामीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका