जोडिनुहोस
  • होमपेज
  • एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार

एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको छ । अध्यक्ष ओली सुधारोन्मुख रहेको उनका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए ।

घरमै आराम गरिरहेका अध्यक्ष ओलीको उपचार निजी चिकित्सक डा. दिव्यासिंह शाहले गरिरहेका छन् । “उहाँको स्वास्थ्य अवस्था हिजोभन्दा सुधारोन्मुख भइरहेको छ, प्रेस संयोजक बजगाईंले भने, “भाइरल ज्वरो भएकाले सिटामोल खाइरहनुभएको छ ।

हिजो पार्टी अध्यक्ष ओलीलाई भाइरल ज्वरोका कारणले स्वास्थ्यमा समस्या आएको थियो । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र सभामुख देवराज घिमिरेले ओली निवास बालकोटमा पुगी स्वास्थ्यलाभको कामना गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका