जोडिनुहोस
  • होमपेज
  • एसीसी प्रिमियर कप आजदेखि काठमाडौंमा सुरु हुँदै

एसीसी प्रिमियर कप आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र मलेसिया भिड्दैछन् ।

यी दुई देशबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

यसैगरी, मंगलबार नै मुलपानी मैदानमा हङकङ र सिंगापुरबीच खेल हुँदैछ । यो खेल मुलपानी मैदानमा आयोजना हुने पहिलो अन्तराष्ट्रिय खेल पनि हो । यी दुई देशबीचको खेल पनि बिहान ९ बजेबाट सुरू हुनेछ ।

बैशाख १८ गतेसम्म चल्ने प्रतियोगितामा सहभागि १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । यसैगरी, समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनलको विजेता टोली एसिया कप क्रिकेटका लागि छनोट हुनेछ ।

एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका