जोडिनुहोस
  • होमपेज
  • २०७९÷८० को मध्य चैतसम्म कास्की प्रहरीमा १२ सय भन्दा बढी मुद्दा दर्ता

२०७९÷८० को मध्य चैतसम्म कास्की प्रहरीमा १२ सय भन्दा बढी मुद्दा दर्ता

पर्वत : चालू आर्थिक वर्ष २०७९÷८० को मध्य चैतसम्म कास्की प्रहरीमा १२ सय भन्दा बढी मुद्दा दर्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकका अनुसार गत साउनदेखि चैत १५ गतेसम्मको तथ्यांक अनुसार कुल एक हजार दुई सय २३ वटा मुद्दा दर्ता भएका छन्। यीमध्येका २६ प्रतिशत अर्थात् तीन सय २६ वटा मुद्दाहरू बैंकिङ कसुरका रहेका छन्।

दोस्रो धेरै मुद्दाहरू ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर’ मा दर्ता भएका छन्। यी मुद्दाको संख्या तीन सय एक वटा अर्थात् २४ प्रतिशत मुद्दाहरू रहेका छन्। तेस्रोमा आत्महत्या सम्बन्धी १० प्रतिशत मुद्दाहरू दर्ता भएका छन्। जसमा विष सेवन गर्नेमा १० वटा, झुन्डिई आत्महत्या गर्नेमा एक सय नौ वटा र हाम फाली आत्महत्या गर्नेमा आठ वटा मुद्दाहरू रहेका छन्।

डि.एस.पी विक का अनुसार फुटकर ज्यानमा सात, लागू औषधमा छ, साधारण चोरीमा पाँच, भवितव्य ज्यानमा चार, जबरजस्ती करणीमा तीन, सवारी ज्यानमा दुई र अन्यमा नौ प्रतिशत मुद्दाहरू रहेका छन्। संख्यागत रूपमा हेर्दा कर्तव्य ज्यानमा पाँच, ज्यान मार्ने उद्योगमा नौ, सवारी ज्यानमा ३०, फुटकर ज्यानमा ८६, भवितव्य ज्यानमा ६१, लिखत सम्बन्धी कसुरमा एक, आगो लगाई आत्महत्यामा एक, जबरजस्ती करणीमा ३७, जबरजस्ती करणी उद्योगमा चार, साधारण चोरीमा ६४ वटा मुद्दा दर्ता भएका छन्।

यस्तै हातहतियार खरखजनामा एक, जुवामा १०, मानव बेचबिखनमा दुई, बहुविवाहमा नौ, लागू औषधमा ७७, ठगीमा एक, बालबालिका कसुरमा एक, जातीय छुवाछुतमा दुई, शिक्षा ऐनमा दुई, अपहरणमा एक, कुटपिटबाट अङ्गभङ्गमा दुई, झुटा विवरण पेस गरी नागरिकता लिएकोमा एक, चोरी उद्योगमा ११, अप्राकृतिक मैथुनमा एक वटा मुद्दा दर्ता भएका छन्।  आपराधिक उपद्रवमा दुई, ज्यान सम्बन्धी कसुरमा चार, सवारीबाट अङ्गभङ्गमा पाँच, बाल यौन दुरुपयोगमा १३, पशुपक्षी सम्बन्धी कसुरमा आठ, निर्वाचन सम्बन्धी कसुरमा एक र व्यक्ति बेपत्ता सम्बन्धी कसुरमा एक वटा मुद्दा रहेका छन्।

दर्ता भएकामध्ये आत्महत्याका घटना मात्रै एक सय २८ वटा रहेका छन्। यीमध्येमा पनि झुन्डिएर आत्महत्या गर्नेका संख्या धेरै रहेको छ। कुल घटनामध्ये एक सय नौ वटा अर्थात् ८५ प्रतिशत मुद्दा आत्महत्याका रहेका छन्। दोस्रोमा विष सेवन गर्ने १० वटा अर्थात् आठ प्रतिशत, हाम फाल्ने आठ वटा छ प्रतिशत र आगो लगाउनेमा एउटा अर्थात् एक प्रतिशत मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ।

अन्य विषयमा कुल एक सय ४३ उजुरीहरू आएकोमा एक सय १८ वटाको मिलापत्र भएको छ भने १४ वटा अदालत तथा अन्य कार्यालयमा गएका छन्। सम्पर्कमा नआएकाको संख्या ११ रहेका छन्।

चालू आर्थिक वर्षमा विभिन्न छ किसिमका विपद् अन्तर्गत ८९ वटा घट्नामा विभिन्न क्षति भएका छन्। डि.एस.पी विकका अनुसार ५८ वटा आगलागीका घटना हुँदा मानवीयतर्फ चार जनाको मृत्यु र पाँच जना घाइते भएका छन्। चौपायातर्फ दुई मृत्यु र दुई घाइते, पाँच घरमा पूर्ण र १४ वटामा आंशिक क्षति, दुई गोठ पूर्ण र तीन गोठ आंशिक क्षति र १८ वटा सवारी साधनमा क्षति भएको छ।

बाढी पहिरोतर्फ २१ वटा घटनामा एक जनाको मृत्यु र एक जना घाइते, चौपायातर्फ एक मृत्यु र तीन घाइते तथा दुई धरमा आंशिक र एक घरमा पूर्ण क्षति भएको छ। यस्तै जनावर आक्रमणमा परी दुई जना घाइते भएका, अविरल वर्षाका कारण भएका चार वटा घटनामा घरतर्फ एकमा पूर्ण र एक सय ५३ वटामा आंशिक तथा गोठतर्फमा पूर्णमा एक र आंशिक रूपमा दुई वटामा क्षति पुगेको छ। यस्तै चट्याङका चार वटा घटनामा तीन जना मानिस घाइते भएका छन् भने विमान दुर्घटनाको एउटै घटनामा ७२ जनाको मृत्यु भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका