जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : दशौँ चरण आजबाट

‘ए’ डिभिजन लिग : दशौँ चरण आजबाट

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबारबाट दशौँ चरणका खेलहरु सुरु हुँदैछ । दशौँ चरण अन्तर्गत मंगलबार दुई खेलहरु हुँदैछ । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

रंगशालामा हुने पहिलो खेलमा एफसी खुमलटार र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार र एनआरटीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

खुमलटार आज चौंथो जितको योजनामा हुनेछ । खुमलटार ९ खेलमा १० अंक जोडेर १० औं स्थानमा रहेको छ । एनआरटी दोस्रो जितको खोजीमा हुनेछ । एनआरटी ७ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

त्यस्तै रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । मनाङ र आर्मीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

मनाङ आज पाँचौ जितको खोजीमा हुनेछ । मनाङ १५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

आर्मी आज चौंथो जित निकाल्न चाहन्छ । आर्मी १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका