जोडिनुहोस

खेलकुद

लिभरपुलको फराकिलो जित

  • Sagarmatha TV
  • मङ्लबार, बैशाख ५, २०८०
लिभरपुलको फराकिलो जित

खेलको ३५ औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३९ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाए ।

४७ औं मिनेटमा लुइस सिनिस्टेराले गोल गर्दै लिड्सलाई २-१ को स्थितिम्मा ल्याए । खेलको ५२ औं मिनेटमा डिएगो जोटाले गोल गर्दा लिभरपुल ३-१ ले अघि रह्यो ।

६४ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ४-१ को बनाए । खेलको ७३ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ५-१ ले अघि रह्यो ।

त्यसपछि खेलको ९० औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै लिभरपुललाई ६-१ को जित दिलाए । जितसँगै लिभरपुलले ३० खेलमा ४७ अंक जोडेको छ । लिभरपुल आठौं स्थानमा रहेको छ ।

लिड्स ३९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका