जोडिनुहोस
  • होमपेज
  • बेंग्लोरमाथी चेन्नाईको रोमान्चक जित

बेंग्लोरमाथी चेन्नाईको रोमान्चक जित

काठमाडौं । चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा रोयल च्यालेन्जर्स बेंगलोरमाथी रोमान्चक जित निकालेको छ ।सोमबार घरेलु मैदान एम चेन्नास्वामीमा बेंग्लोर चेन्नाईसँग ८ रनले पराजित भएको हो ।

चेन्नाईले दिएको २ सय २७ रनको लक्ष्य पछ्याएको बेंग्लोरले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १८ रन बनायो । बेंग्लोरका ग्लेन म्याक्सवेल र कप्तान फाफ डु प्लेसिसले अर्धशतकीय ईनिङ खेले पनि टिमलाई जिताउन सकेनन् ।

म्याक्सवेलले ३६ बलमा ३ चौका र ८ छक्कासहित ७६ रन बनाउँदा कप्तान डु प्लेसिस ३३ बलमा ५ चौका र ४ छक्कासहित ६२ रनमा आउट भए ।

तल्लोक्रमका ब्याटर नचल्दा बेंग्लोर पराजित हुन पुग्यो । १५ रन बनाउँदा २ विकेट गुमाएर खराब सुरुआत गरेको थियो।

बेंग्लोरलाई तेस्रो विकेटका लागि म्याक्सवेल र डु प्लेसिसले शतकीय समझेदमरी गराएर खेलमा हाबी गराएका थिए । दुई बीच ६१ बलमा १ सय २६ रनको शतकीय साझेदारीका गरेका थिए ।

बेंग्लोर १२ ओभरमा १ सय ४१ रनमा २ विकेट गुमाएर बलियो अवस्थामा थियो । तर उसले बाँकी ७७ रन जोड्दा ६ विकेट गुमाएर हार व्यहोर्न पुग्यो ।

दिनेश कार्तिक १४ बलमा २८ रनमा आउट हुँदा सुयश प्रभुदेशाई ११ बलमा १९ रन बनाउँदै आउट भए । शहबाज अहमद १२ रनमा आउट भए ।

चेन्नाईका तीव्र गतिका बलर तुषार देशपान्डेले ३ तथा मथिसा पाथिरानाले २ विकेट लिए । आकाश सिंह, मोईन अली र महेश थिक्सेनाले समान १/१ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २६ रन बनाएको थियो।

चेन्नाईका लागि ओपनर डेभन कन्वे र शिभम् दुबेले अर्धशतकीय ईनिङ खेले । कन्वेले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८३ रनको योगदान गर्दा शिभम दुबे २७ बलमा २ चौका र ५ छक्कासहित ५२ रनमा आउट भए ।

तेस्रो विकेटका लागि दुबे र कन्वेले ३७ बलमा ८० रनको साझेदारी गरेका थिए ।

अजिंका रहाणे २० बलमा ३ चौका र २ छक्कासहित ३७ रन जोड्दै आउट भए । दोस्रो विकेटका लागि कन्वे र रहाणेले ७४ रनको साझेदारीका गरेका थिए ।

मोईन अली १९ रनमा अविजित रहँदा अम्बाती रायुडू १४ रनमा आउट भए । रविन्द्र जडेजा १० रनमा आउट भए ।

बेंगलोरका विजयकुमार वैश्यक,मोहम्मद सिराज, वाईन पार्नेल, वानिन्दु हसरंगा, हर्षल पटेल र ग्लेन म्याक्सवेलले समान १/१ विकेट लिए ।

चेन्नाई ५ खेलमा ३ मा जित र २ मा हारसहित १० टोली सहभागी प्रतियोगिताको तेस्रो स्थानमा छ । बेंग्लोर ५ खेलमा तेस्रो हारसहित सातौं स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका