जोडिनुहोस
  • होमपेज
  • लागू औषधसहित आठजना पक्राउ

समाचार

लागू औषधसहित आठजना पक्राउ

  • Sagarmatha TV
  • मङ्लबार, बैशाख ५, २०८०
लागू औषधसहित आठजना पक्राउ

काठमाडौं– देशका विभिन्न स्थानबाट आठजना लागूऔषधसहित पक्राउ परेका छन् । सर्लाहीको बरहथवा नगरपालिका-७ वनटोल बस्ने ६८ वर्षीय परीक्षण पण्डितलाई अवैध लागूऔषध गाँजा ४ सय ८० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले घरभित्र लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । 

सर्लाहीकै लालबन्दी नगरपालिका-१२ जियाजोर जाने बाटो नजिकबाट अवैध लागूऔषध गाँजा करिब ९ केजीसहित सोही नगरपालिका-१४ बस्ने २५ वर्षीय वीर बहादुर गोलेलाई पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले बा.५० प २९९८ नम्बरको मोटरसाइकल चालक गोलेलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको उर्लाबारी नगरपालिका-३ केर्खाली चोक बस्ने १९ वर्षीय विश्वास धिमालसमेत तीनजनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २१ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले धिमालको घरबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कैलालीको गोदावरी नगरपालिका-५ गेटाबाट अवैध लागूऔषध अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८३० मिलिग्राम, प्रोक्सिब्यान्ड स्पास नामक ट्याब्लेट १६ थानसहित सोही नगरपालिका-७ बस्ने २८ वर्षीय पदम साउद समेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले प्रदेश २-०३-००५ प ८२२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

पर्साको वीरगञ्ज महानगरपालिका-१५ प्रतिमा चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ९० ट्याब्लेट, एकसय एमएलको वानरेक्स ५ बोतल र लागूऔषध चरेस जस्तो देखिने खैरो पदार्थ ८० ग्रामसहित मकवानपुर हेटौंडा उपमहनागरपालिका-११ बस्ने ३१ वर्षीय बिकी बिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.७ प ६८१४ नम्बरको मोटरसाइकल चालक बिकलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

बाराको सिम्रौनगढ नगरपालिका-१ ढाटटोलाबाट अवैध लागूऔषध गाँजा ३० केजी प्रहरीले बरामद गरेको छ ।  इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिहरूले उक्त लागूऔषध फाली फरार भएपश्चात प्रहरीले उक्त गाँजा बरामद गरेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका