जोडिनुहोस
  • होमपेज
  • अमेरिकामा बिभिन्न हिंसात्मक घटनामा संलग्न१७ जना पक्राउ

अमेरिकामा बिभिन्न हिंसात्मक घटनामा संलग्न१७ जना पक्राउ

काठमाडौँ- अमेरिकाको क्यालिफोर्निया प्रहरीले स्टकटन र साक्रामेन्टोका गुरुद्वार र अन्य ठाउँमा गोली हानाहानका घटनामा संलग्न भएको आरोपमा १७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट एके–४७ राइफल, पेस्तोल र मेसिन गनजस्ता हतियार बरामद गरेको छ । २० भन्दा बढी स्थानमा छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ।

क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टाले सोमबार उत्तरी क्यालिफोर्नियाका २० स्थानमा व्यापक खोजी कारवाहीका क्रममा १७ जनालाई पक्राउ गरिएको बताए । पक्राउ परेका अधिकांश स्थानीय सिख समुदायका सदस्य छन् ।

पक्राउ परेका दुई जना माफियाका सदस्य रहेको जिल्ला अधिवक्ता जेनिफर डुप्रे पत्रकार सम्मेलनमा बताइन् । उनीहरु भारतमा हत्याका धेरै मुद्दामा खोजी सूचीमा रहेको बताइएको छ क्यालिफोर्नियाका महान्यायाधिवक्ताका अनुसार गिरफ्तार गरिएका व्यक्तिहरू प्रतिद्वन्द्वी आपराधिक गिरोहका हिस्सा हुन् । उनीहरु धेरै हिंसात्मक घटना र गोलीबारीमा संलग्न रहेको समेत उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका