जोडिनुहोस
  • होमपेज
  • बाबरको शतकमा हङकङको सानदार जित

बाबरको शतकमा हङकङको सानदार जित

काठमाडौं । एसीसी प्रिमियर कपमा हङकङले सुखद सुरुआत गरेको छ । नेपालमा मंगलबारबाट सुरु एसीसी प्रिमियर कपमा सिंगापुरविरुद्ध ८ विकेटको जित निकालेको हो ।

सिंगापुरले दिएको १ सय ७५ रनको लक्ष्य हङकङले ३३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

हङकङका लागि बाबर हायातले ९४ बलमा १ सय ८ रनको शतकीय ईनिङ खेले । उनले १० चौका र ६ छक्का प्रहार गरे।

निजाकत खानले ८९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । बाबर र निजाकतले तेस्रो विकेटका लागि अविजित १ सय ३२ रनको साझेदारी गरे ।

सिंगापुरका लागि आत्रिय दत्त र रमेश कालिमुथुले समान ११ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ दशमलब १ ओभरमा अलआउट हुदै १ सय ७४ रन बनायो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका