जोडिनुहोस
  • होमपेज
  • ताइवानको स्वतन्त्रताको वकालत गर्ने संगठन विरुद्ध चीनको कठोर कारबाही

ताइवानको स्वतन्त्रताको वकालत गर्ने संगठन विरुद्ध चीनको कठोर कारबाही

बेइजिङ – चीनले ताइवान स्वतन्त्रताको वकालत गरेकोमा ‘प्रोस्पेक्ट फाउन्डेसन’ र ‘एशियन लिबरल एण्ड डेमोक्र्याट परिषद्’ विरुद्ध कठोर कारबाही गरेको बैंकक पोस्टले लेखेको छ ।

दुई ताइवानी संगठनहरूलाई कुनै पनि सहयोग गर्न निषेध गरिएको छ। संस्थाका प्रमुख व्यक्तिलाई मुख्य भूमि र हङकङ र मकाउका विशेष प्रशासनिक क्षेत्रहरूमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ, बैंकक पोस्टको समाचारमा उल्लेछ । ।

उनीहरुले चीन विरोधी शक्तिहरूसँग आफूलाई मिलाउन सबैतिर लागेका छन्, र उनीहरु ‘एक चीन, एक ताइवान’को पक्षपोषणमा लागिरहेको आरोप लगाइएको छ ।

यसैबीच, चीनले शुक्रबार संयुक्त राज्य अमेरिकाका लागि ताइवानका वास्तविक राजदूत सियाओ बि–खिम विरुद्ध नयाँ प्रतिबन्धको घोषणा गरेको छ । ताइवानको विदेश मन्त्रालयले बेइजिङको कदमको आलोचना गर्दै चीनलाई हस्तक्षेप गर्ने अधिकार नभएको एक विज्ञप्ति उल्लेख भएको क्योडो न्यूजले समाचार लेखेको छ।

कम्युनिष्ट नेतृत्वको चीन र ताइवान सन् १९४९ मा गृहयुद्धका कारण विभाजित भएदेखि अलग–अलग शासन गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका