जोडिनुहोस
  • होमपेज
  • आज पनि नेप्सेमा गिरावट, घट्दै कारोबार रकम

आज पनि नेप्सेमा गिरावट, घट्दै कारोबार रकम

काठमाडौं । नयाँ आर्थिक वर्ष लागेपछि तेस्रो दिन सहित लगातार चौथो दिन पनि सेयर बजारमा गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ३.०७ अंकले गिरावट हुँदा १९०४.९८ अंकमा बन्द भएको छ ।

नयाँ वर्षको पहिलो कारोबार दिन आइतबार करिब ३ अंकको सामान्य गिरावट भएको नेप्से ४ वैशाख सोमबार २३.६३ अंकले गिरावट भएको थियो । नेपाल राष्ट्र बैंकको खुकुलो मौद्रिक नीति ल्याउने संकेत र बैंकर्स संघको ब्याजदर घटाउने निर्णयपछि २९ चैत बुधबार नेप्से एकैदिन ९३ अंकले वृद्धि भएको थियो । बिहीबार नै २९.०८ अंकको गिरावट भएको नेप्से त्यसपछि नयाँ वर्षको लगातार तेस्रों दिन पनि गिरावट भएको हो ।

नेप्सेसँगै कारोबार रकम पनि घट्दै गएको छ । नेप्से ९३ अंकले बढ्दा बुधबार करिब २ अर्बको कारोबार भएको थियो । बिहीबार नेप्से घटेपनि डेढ अर्ब भन्दा बढीको कारोबार भएको बजारमा आइतबार कारोबार रकम घटेर करिब १ अर्बमा सीमित भएको थियो । सोमबार पनि ९० अर्ब माथिको कारोबार भएपनि मंगलबार कारोबार झनै घटेको छ ।

मंगलबार नेप्सेमा २४ हजार ४२९ वटा कारोबारमा २९ लाख ७५ हजार ९२० कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा ८७ करोड ४ लाखको कारोबार भएको छ । जसमध्ये प्रभु बैंकको संस्थापक सेयर सर्वाधिक ५ करोड २६ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ३ करोड ९९ लाख र नेस्डो समृद्धि लघुवित्तको ३ करोड ३७ लाखको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा कुल २१९ कम्पनीको सेयर कारोबार हुँदा १३८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ३८ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा १९ कम्पनीको स्थिर रहेको छ । जसमध्ये कालिञ्चोक दर्जन र मोलुङ हाइड्रोपावरको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा जोशी हाइड्रोपावरको सेयरमूल्य ६.०५ प्रतिशतले वृद्धि भएको छ ।

यता खप्तड लघुवित्तको सेयरमूल्य ५.०५ प्रतिशतले गिरावट हुँदा आदर्श लघुवित्तको सेयरमूल्य ४.६८ प्रतिशतले गिरावट भएको छ । यस्तै बाराही हाइड्रोपावरको सेयरमूल्य ४.२० प्रतिशतले गिरावट भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका