जोडिनुहोस
  • होमपेज
  • ज्ञानेन्द्र शाहीको घोषणा–मेरो प्रत्येक महिनाको पारिश्रमिकबाट खेलाडीलाई ३ हजार

ज्ञानेन्द्र शाहीको घोषणा–मेरो प्रत्येक महिनाको पारिश्रमिकबाट खेलाडीलाई ३ हजार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो पारिश्रमिकबाट प्रत्येक महिना खेलाडीहरुलाई ३ हजार पारिश्रमिक दिने घोषणा गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले संघ र प्रदेशमा गरी ८८४ जना सांसदलाई खेलाडीका लागि तीन–तीन हजारको दरले पारिश्रमिक दिन आग्रह गरेका छन् ।

उनले भने,‘आज म यसै संसदबाट घोषण गर्न चाहन्छु, मेरो हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैयाँ खेलाडिको नाममा जम्मा गरिदिने छु । सबै प्रदेश संघिय सांसदहरुलाई अनुरोध गर्दछु कि हामी ८८४ जना छौ यदि हरेक सांसदले महिनाको ३ हजार खेलाडीको नाममा खर्च गर्दा २६ लाख ५२ हजार रुपैयाँ प्रत्येक महिना खेलाडीले पाउँछन् र उनीहरुले देशको नाम संसार भर चिनाउन सहयोग पुग्छ ।’

उनले महालेखा परीक्षकले गरेको लेखापरिक्षणमा अघिल्लो वर्षभन्दा यो वर्ष २१ प्रतिशत बेरुजु बढेको र यो भ्रष्टाचार भएको उल्लेख गरे । २० खर्ब ८० अर्ब वैदेशिक ऋण रहेको बताउँदै वैदेशिक रोजगारीमा जान यो वर्ष ६ लाख ३० हजार जनाले आवेदन दिएको बताए । यस ८ महिनामा मात्रै ९ खर्ब ९३ अर्बको व्यापार घाटा भएको बताउँदै नेपालको इतिहासमा सबैभन्दा ठूलो व्यापार घाटा भएको उल्लेख गरे । उनले वैदेशिक रोजगारीमा गएका मध्ये हालसम्म १० हजार ८३९ जनाले अकालमा ज्यान गुमाएको जानकारी गराए ।

उनले प्रदेशमा व्यापक खर्च भएको भन्दै प्रदेश खारेज गर्न र प्रतिनिधि सभामा २०५ जना मात्र सांसद रहने व्यवस्था गर्न माग गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?