जोडिनुहोस
  • होमपेज
  • सहकारीका प्रबन्ध निर्देशकलाई जुत्ताको माला लगाउने ५ जना पक्राउ

सहकारीका प्रबन्ध निर्देशकलाई जुत्ताको माला लगाउने ५ जना पक्राउ

भक्तपुर– भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ गठ्ठाघरस्थित सहकारीका प्रबन्ध निर्देशकलाई जुत्ताको माला लगाउनेहरू पक्राउ परेका छन् ।

स्थानीय बासिन्दा रामबहादुर मानन्धरको साढे तीन तले घरको दोस्रो तलामा १२ वर्षदेखि संचालनमा रहेको कृषि विकास तथा ऋण सहकारी संस्थाले बचत फिर्ता नदिएको भन्दै संस्थाका प्रबन्ध निर्देशकलाई मंगलबार जुत्ताको माला लगाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार काठमाडौँ महानगरपालिका ७ बस्ने वर्ष ४३ को संस्थाका प्रबन्ध निर्देशक समिर खत्रीलाई हातपात गरी कालो मोसोसमेत दली जुत्ताको माला लगाउने उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.७ धुन्चेपाखा बस्ने वर्ष ४४ को मुरारी नेपाल, ओखलढुङ्गा हर्कपुर घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने वर्ष ३६ कि प्रेमकुमारी तामाङ, झापा कोहोरा गा.पा.०२ घर भई हाल गठ्ठाघर बस्ने वर्ष ३९ को कृष्ण संग्रौला, भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.०९ बोडे बस्ने वर्ष ६३ को गोरखबहादुर गिरी र ओखलढुङगा लिखु गा.पा.वडा नं.०४ घर भई हाल कौशलटार बस्ने वर्ष ३४ की पबित्रा तामाङ रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका