जोडिनुहोस
  • होमपेज
  • मिटरब्याज पीडितको समस्या समाधान गर्न विश्लेषक रायमाझीले गराए सरकारको ध्यानाकर्षण

मिटरब्याज पीडितको समस्या समाधान गर्न विश्लेषक रायमाझीले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं – मिटरब्याज पीडितको माघ तत्काल सम्बोधन गरी उनिहरुको समस्या समाधान गर्न राजनीतिक विश्लेषक तथा लेखक प्रकाश रायमाझीले सरकारको ध्यानाकर्षण गराएका छन् । न्याय माग्न आएका मिटर ब्याज पीडितहरू माथि सरकारले निर्मम रुपमा कुटपिट गर्ने कार्य घोर निन्दनीय रहेको भन्दै रायमाझीले एक विज्ञप्ती मार्फत सरकारको ध्यानकर्षण गराएका हुन् ।

यस्तो छ विज्ञप्ती

न्याय माग्न आएका मिटर ब्याज पीडितहरू माथि निर्मम रुपमा सरकारले कुटपिट गराउन यो भन्दा घोर निन्दनीय अरु के हुनसक्छ ? मिटरब्याजी पीडित हरु को जायजेथा जालि फटाहाहरुले कब्जा गरिसकेका छन् कसरी फिर्ता गराउने‌ ? आयोग खडा गरेर यो समस्याको समाधान हुने देखिन्न।

बैंक तथा वित्तीय संस्थाहरुले मिटर ब्याजी धन्दा‌ चलाइरहेका छन् राष्ट्र बैंकको मिलोमतोमा। तर सरकार लाचार छ नियमन गर्न सक्दैनन्। जनतामा आक्रोश छ उद्योग व्यवसायहरु धरासायी भएको छ सरकार कर वृद्धिमा लागेको छ। देशको अर्थतन्त्र जीर्ण अवस्थामा पुगिसक्दा पनि सरकारको चेत खुल्दैन।

खर्च ‌कटौती गर्ने जस्ता महत्वपूर्ण सवालमा तमाशा हेरेर बस्छ, हामीले तिरेको करमा सधै रजागाई गर्ने ? अब प्रतिकार गर्न जनता आफैँले कानून हातमा लिनु पर्ने अवस्था आएको छ। चारैतिर व्याप्त भ्रष्टाचार कुशासन मौलाएको छ सरकार आफू टिक्न भुमरीमा देशलाई हाल्दैछ।

भ्रष्टहरूको अपारदर्शी संपत्ति राष्ट्रियकरण गर्न जनता आफै जागरुक हुनुपर्ने अवस्थाको छ। घुसखोरी र भ्रष्टाचारीलाई अब सामाजिक बहिस्कार गरौ। मिटरब्याजी पीडितहरू माथि प्रहरीद्वारा घाइते भएकाहरुको राम्रो उपचारको व्यवस्था गरी पीडितहरूको छिटो भन्दा छिटो समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्छ‌।

राजनीतिक विश्लेषक तथा लेखक प्रकाश रायमाझी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका