जोडिनुहोस
  • होमपेज
  • झोलामा कृषि गर्ने र कागजी प्रक्रिया मात्रै पुर्‍याएर अनुदान लिने प्रवृत्तिको अन्त्य गर्नुपर्छ : सांसद चौधरी

झोलामा कृषि गर्ने र कागजी प्रक्रिया मात्रै पुर्‍याएर अनुदान लिने प्रवृत्तिको अन्त्य गर्नुपर्छ  : सांसद चौधरी

काठमाडौँ– कैलाली-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद अरुण कुमार चौधरीले सरकारले दिने कृषि अनुदानमा हुने विकृतिका अन्य गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाकाे बैठकमा सा‌ंसद चौधरीले झोलामा कृषि गर्ने र कागजी प्रक्रिया मात्रै पुर्‍याएर अनुदान लिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

आज हाम्रो देशको कृषि उत्पादन हेर्ने हो भने यहाँ उत्पादित बस्तुले हामीलाई तीन महिना पनि पुग्ने अवस्था छैन’, उनले भने,‘कृषिमा सरकारले लगानी नगरेको पनि हैन, अनुदान नदिएको हैन । तर, त्यसको दुरुपयोग भइरहेको छ ।

झोले कृषकहरूले गर्दा वास्तविक कृषकहरू मर्कामा परेको उनले स्पष्ट पारे । सांसद चौधरीले भने, ‘झोलामा खेती गर्ने, कागजी प्रक्रिया मिलाई हाल्नेले  अनुदान पाउँछन् । तर, जो वास्तविक किसान छन्, जसले पाउनै पर्ने हो उसले अनुदान पाउँदैन । यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।

सांसद चौधरीले सरकारी नियम, कानुन र प्रक्रियाकै कारण विकासमा ढिलासुस्ती हुने गरेको उदाहरण पेस गरे ।

अहिले हाम्रो देशको विकासको प्रक्रिया कसरी अघि बढेको छ भनेर हेर्न कैलाली  क्षेत्र नम्बर २ अन्तरगत कर्णाली चिसापानीदेखि गुइनी हुँदै सडकखण्डमा देखिएको छ । म पिटे जस्तो गर्छु तँ रोए जस्तो गर’, उनले भने, ‘स्तरउन्नतीका लागि त्यो क्षेत्रमा बजेट विनियोजन भएर टेण्डर आव्हान भइसकेको छ । तर,  वनक्षेत्र पर्ने भएकाले केही रुख काट्नु पर्ने थियो तर रुख काट्न नपाएर काम नै रोकिएको छ ।

सरकारी नियमले गर्दा नै विकासको काम रोकिनु दुखद भएको बताउँदै उनले तत्काल यस समस्या समाधान गरी काम सुरु गराउन पहल गर्न वन मन्त्रालय,  डिभिजन वन कार्यालय र सरकारको ध्यानाकर्षण गराए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका