जोडिनुहोस
  • होमपेज
  • उपलब्धि उल्ट्याउन खोज्ने कुनै पनि गतिविधिलाई छुट दिन नसक्ने : गृहमन्त्री

उपलब्धि उल्ट्याउन खोज्ने कुनै पनि गतिविधिलाई छुट दिन नसक्ने :  गृहमन्त्री

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि उल्ट्याउन खोज्ने कुनै पनि गतिविधिलाई छुट दिन नसक्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा पत्रकारसँगको छलफलका क्रममा श्रेष्ठले सरकार संविधानको रक्षा, सुदृढीकरणको पक्षमा रहेको भन्दै उपलब्धि उल्ट्याउन खोज्ने कुनै पनि गतिविधिलाई छुट दिन नसक्ने बताएका हुन् ।

उनले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमार्फत संक्रमणकालीन न्यायका बाँकी काम छिटोभन्दा छिटो पूरा गर्नुपर्ने बाटोमा सरकार लागेको जिकिर गरे ।

राजनीतिलाई आफ्नो मुक्तियात्राको महत्वपूर्ण अंगको रुपमा परिभाषित आफुले गरेको भन्दै श्रेष्ठले राजनीतिलाई जनता र देशलाई सेवा गर्ने माध्यम बनाएको बताए ।

उनले नेपालको सुरक्षा निकायको मनोवललाई उच्च राख्दै निष्पक्षताका आधारमा सरुवा बढुवाको काम गर्ने बताए । उनले गृह प्रशासनलाई शक्ति केन्द्र वा राजनीतिक दबाब र अवाञ्छीत चलखेलबाट मुक्त गर्ने प्रतिबद्धता पनि जनाए ।

उनले सुरक्षाकर्मीको सेवा सुविधामा पुर्नविचार गर्न सरकार तयार रहेको बताए । त्यस्तै, उनले मिटरब्याज पीडित जनताको न्यायका लागि आफूले कुनै कसर बाँकी नराख्ने भन्दै सरकारले गठन गरेको आयोगमार्फत जनतालाई न्याय दिने स्पष्ट पारे ।

उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले संविधान बमोजिम नै नागरिकता पाउनुपर्नेहरुलाई छिटो दिलाउन सरकार प्रतिवद्ध रहेको र नागरिकता संवेदनशील विषय भएकाले राष्ट्रिय सहमति खोज्न चाहेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका