जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानः सिन्ध प्रान्तको बदिन जिल्लामा खानेपानीको चरम अभाव

पाकिस्तानः सिन्ध प्रान्तको बदिन जिल्लामा खानेपानीको चरम अभाव

सिन्ध – पाकिस्तानको सिन्ध प्रान्तको बदिन जिल्लामा खानेपानी र कृषि पानीको चरम अभाव उत्पन्न भएको पाकिस्तानी स्थानीय सञ्चारमाध्यम दैनिक जसरतले उल्लेख गरेको छ।

पानीको चरम अभाव भएपछि यस क्षेत्रका हजारौं एकड खेतीयोग्य जमिनमा अन्नबाली रोप्न नसकेको र लाखौं मानिस खानेपानीबाट वञ्चित छन् ।

बदिन जिल्लाका किसान नेताहरूले नहरहरूमा रेन्जरहरू नियुक्त गर्न आह्वान गरेका छन्। बदिन जिल्लामा पानी वितरणमा गम्भीर अनियमितता भएको र सिँचाइ अधिकृतले घुस लिएर नहरमा पानी आपूर्ति गरिरहेको उनीहरुको भनाइ रहेको दैनिक जसरतले जनाएको छ ।

सिन्ध सरकारले समस्या समाधान नगरे बदिन जिल्लाभर प्रदर्शन हुने स्थानीयले चेतावनी दिएका छन्। पाकिस्तानको बलुचिस्तान प्रान्तका प्रमुख क्षेत्रहरुमा पिउने पानीको तीव्र अभाव भोगिरहेका एक्सप्रेस ट्रिब्यूनले हालै रिपोर्ट गरेको छ ।

एक प्रतिवेदन अनुसार बलुचिस्तानका बासिन्दाहरूमध्ये २५ प्रतिशत मात्र सफा पिउने पानीको पहुँचमा रहेका छन्। खानेपानी उपलब्ध गराउनका लागि काम नलाग्ने वाटर फिल्ट्रेसन प्लान्टलाई पुनःस्थापना गर्न स्थानीयले सरकारसँग माग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका