जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : तीन खेल हुँदै

‘ए’ डिभिजन लिग : तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछ । लिगको दशौँ चरण अन्तर्गत बुधबार दुई खेलहरु हुँदैछ । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

एपीएफ आज चौंथो जितको योजनामा हुनेछ । एपीएफ ९ खेलमा ११ अंक जोडेर नवौं स्थानमा रहेको छ । साविक विजेता मछिन्द्र चौंथो जितको खोजीमा हुनेछ । मछिन्द्र १३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

त्यस्तै रंगशालामा हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लब र संकटा क्लबबीच खेल हुनेछ । फ्रेन्ड्स र संकटाबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

फ्रेन्ड्स आज तेस्रो जितको खोजीमा हुनेछ । फ्रेन्ड्स ८ अंक जोडेर १३ औं स्थानमा रहेको छ । संकटा आज पाँचौं जित निकाल्न चाहन्छ । संकटा १५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

च्यासलमा हुने खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र पुलिसबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

शीर्ष स्थानको जावलाखेल छैटौं जित निकाल्न चाहन्छ । जावलाखेलले १७ अंक जोडेको छ ।

पुलिस आज दोस्रो जित निकाल्न चाहन्छ । पुछारको पुलिसले ५ अंक जोडेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका