जोडिनुहोस
  • होमपेज
  • प्रधानन्यायाधीश नियुक्ति गर्न संवैधानिक परिषद्को बैठक जारी

प्रधानन्यायाधीश नियुक्ति गर्न संवैधानिक परिषद्को बैठक जारी

काठमाडौं । संवैधानिक परिषद्को बैठक शुरु भएको छ । बैठक आज (बुधवार) बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी भएका छन् ।

८ बजे बस्ने भनिएकोबैठक केही समय ढिला गरी शुरु भएको हो । आजको बैठकले प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल गरी निस्कर्षमा पुग्ने बताइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका