जोडिनुहोस
  • होमपेज
  • मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

म्याग्दी । म्याग्दीमा गए राति मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा८प ४०७२ नंको मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो ।

सडक पार गर्दै गरेको चितुवा मोटरसाइकलसित ठोक्किएपछि घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जानकारी दिए । चितुवाको टाउको ठोक्किएको थियो । करिब ४० किलोको चितुवाको उमेर दुई वर्ष अनुमान गरिएको रानाभाट बताउछन् ।

मोटरसाइकल चालक खत्रीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वनजङ्गलमा लागेको डढेलोका कारण अहिले चितुवाको बासस्थान खलबलिएको प्रमुख रानाभाटको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका