जोडिनुहोस
  • होमपेज
  • आईपीएल – राजस्थान र लखनउ खेल्दै

अन्तर्राष्ट्रिय

आईपीएल – राजस्थान र लखनउ खेल्दै

आईपीएल – राजस्थान र लखनउ खेल्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज बुधबार एक खेल हुँदैछ । आईपीएलमा बुधबार राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स भिड्ने छन् ।

राजस्थानको घरेलु मैदान सवाई मानसिंह स्टेडियम जयपुरमा आयोजना हुने खेल नेपाली समय अनुसार साँझ पौने आठबाट सुरु हुनेछ ।

राजस्थान र लखनउले समान ५/५ खेल खेलेका छन् । राजस्थान आजको खेल जितेर पाँचौ जित निकाल्ने योजनामा रहेका छन् ।

लखनउ आजको खेल जितेर चौथो जित निकाल्ने योजनामा रहेका छन् ।

राजस्थान ८ अंकका साथ शीर्ष स्थानमा रहँदा लखनउ ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

दुई टोलीबीचको भएको दुई भेटमा राजस्थान अपराजित रहेको छ । यस सिजन दुई टोलीबीचको यो पहिलो भेट हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका