जोडिनुहोस
  • होमपेज
  • बेइजिङको अस्पतालमा भएको आगालागीमा परी मृत्यु हुनेको संख्या २९ पुग्यो

बेइजिङको अस्पतालमा भएको आगालागीमा परी मृत्यु हुनेको संख्या २९ पुग्यो

बेइजिङ – बेइजिङस्थित एक अस्पतालमा भएको आगालागीमा परी मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

बेइजिङको चाङफेङ अस्पतालमा मङ्गलबार भएको आगलागीमा परी २९ जनाले ज्यान गुमाएका फेङताई जिल्लाका उपप्रमुख ली जोङग्रोङले बताएका छन् ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त घटनालाई लिएर अस्पताल व्यवस्थापनका निर्देशकसहित १२ जनालाई नियन्त्रणमा लिइएको बेइजिङको सार्वजनिक सुरक्षा ब्यूरोका सुन हाइताओले बताए । आन्तरिक मर्मतसम्भार र निर्माणको क्रममा अस्पतालमा मङ्गलबार आगो सल्केको अनुमान गरिएको छ ।

मर्मतसम्भारको ठेक्का पाएको कम्पनीका प्रतिनिधिलाई पनि पक्राउ गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका