जोडिनुहोस
  • होमपेज
  • कैलालीमा खोलामा डुबेर किशोरको मृत्यु

कैलालीमा खोलामा डुबेर किशोरको मृत्यु

धनगढी । कैलालीमा खोलामा नुहाउने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका– २ रामपुरका १६ वर्षीय अभिषेक ठकुल्लाको स्थानीय कटनी खोलामा डुबेर मंगलबार मृत्यु भएको प्र्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले कटनी खोलाको गुग्री बाँधमा नुहाउने क्रममा डुबेर ठकुल्लाको मृत्यु भएको जानकारी दिए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका