जोडिनुहोस
  • होमपेज
  • बाघको आक्रमणबाट हेटौंडामा २ जना व्यक्ति घाइते

बाघको आक्रमणबाट हेटौंडामा २ जना व्यक्ति घाइते

हेटौंडा । बाघको आक्रमणबाट हेटौंडा–१५ रातोमाटे सयफुटमा २ जना व्यक्ति  घाइते भएका छन् । बुधबार बिहानको समयमा हेटौडा–१५ सएफुट स्थित चुरियामाई सामुदायिक वनमा बाख्रा चराउने क्रममा उनिहरुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  घरबाट करिव २०० मिटर जंगलमा बाख्रा चराउन गएका हेटौंडा–१५ बस्ने १७ वर्षका सुमन घलान र सोही ठाउँ बस्ने ६५ वर्षका कृष्ण बर्थिङलाई बाघले आक्रमण गरेको थियो ।

घलानको दाहिने कुम, ढाडको बाँया साईड, छातिमा बाघले टोकेको छ भने बाघको टोकाइबाट थिङको घाँटीमा गहिरो चोट लागेको छ । घाइते दुबै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार घाइते घलानको स्वास्थ्य अवस्था मध्यम रहेको छ भने थिङको अवस्था गम्भिर रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका