जोडिनुहोस
  • होमपेज
  • भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्यो

भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्यो

भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)को पछिल्लो तथ्यांकअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसंख्या भएको देश बनेको हो।

युएनएफपीएको ‘द स्टेट अफ वल्र्ड पपुलेसन रिपोर्ट, २०२३’ मा भारतको जनसंख्या एक अर्ब ४२ करोड ८६ लाख पुगेको तथा चीनको जनसंख्या एक अर्ब ४२ करोड  ५७ लाख रहेको उल्लेख गरिएको छ। युएनएफपीएको प्रतिवेदनको जनसाङ्ख्यिक सूचकमा यो तथ्यांक समावेश गरिएको छ।

सन् १९५० मा संयुक्त राष्ट्रसंघले जनसंख्या तथ्यांक संकलन र जारी गर्न थालेपछि भारतको जनसंख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका