जोडिनुहोस
  • होमपेज
  • मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ– मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पर्सा बहुदरमाई गाउँपालिका-५ भौराटार घर भई हाल काठमाडौँ कीर्तिपुर बस्ने ३६ वर्षीय हिरालाल महतो नुनियालाई प्रहरीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु, त्यहाँ पुगेपछि राम्रो कम्पनीमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ६ जना पीडितहरूबाट नगद ३ लाख ५० हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ चोभारबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाइएको प्रहरीले जनाएकाे छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका