जोडिनुहोस
  • होमपेज
  • रास्पा सभापति लामिछानेलाई कारबाहीको माग

रास्पा सभापति लामिछानेलाई कारबाहीको माग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले तत्कालीन गृहमन्त्री रवि लामिछानेले गलत नियतले राष्ट्रिय परिचयपत्रसम्बन्धी कार्यविधि जारी गरेकाले कारबाही गर्न सरकारसँग माग गरेका हुन्।

‘हिजोको सरकारले सात दिनभित्र राष्ट्रिय परिचयपत्र बनाउन विदेशी कम्पनीलाई दियो। तर, यो सरकारले रद्द गरेर अर्को कोसिसमा लागिरहेको छ। यदि हिजोको सरकारले गलत गरेको भए कारबाही गर्नुपर्छ नाङ्गेझार पार्नुपर्छ। नभए ठूला पार्टीहरूले जे–जे गर्‍यो तीनका नेताहरूलाई तामेलीमा मुद्दा राखेर जाने हो भने यो कतिदिन चल्छ? यही दिनका लागि यो व्यवस्था आएको हो भने मलाई भन्नु केही छैन्,’ उनले भने।

मंगलबार बसेको मन्त्रिपपरिषद्को बैठकले राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तवरले नागरिकको विवरण प्रमाणीकरण तथा अन्तर आबद्धता सम्बन्धमा बनेको कार्यविधिमा व्यक्तिगत ‘डेटा’ र राज्यको सुरक्षाका कुरा निजी कम्पनीलाई दिने पूर्वगृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका