जोडिनुहोस
  • होमपेज
  • बारामा आज गठबन्धनको चुनावी सभा, शीर्ष नेताहरुले सम्बोधन गर्ने

बारामा आज गठबन्धनको चुनावी सभा, शीर्ष नेताहरुले सम्बोधन गर्ने

काठमाडौं । सत्तारुढ गठबन्धनले आज बारामा चुनावी सभा आयोजना गर्दैछ । गठबन्धनले यहि बैशाख १० गते आइतबार बारा क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनलक्षित महागढीमाईस्थित बरियारपुरमा सभा आयोजना गर्न लागेका हो ।

सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का अध्यक्ष महन्थ ठाकुर, लगायत गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

गठबन्धनका तर्फबाट उक्त क्षेत्रमा जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् । उनलाई जिताउने उद्देश्यले आज सभा गर्न लागिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । यही वैशाख १० गते बारा–२ सँगै चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका