जोडिनुहोस
  • होमपेज
  • सपुतलाई रात्रि व्यवसायीको प्रश्नः कलाकारिता क्षेत्रमा आएका प्रतिभाहरु बेश्यावृत्ति गरेरै स्थापित भएका हुन् ?

सपुतलाई रात्रि व्यवसायीको प्रश्नः कलाकारिता क्षेत्रमा आएका प्रतिभाहरु बेश्यावृत्ति गरेरै स्थापित भएका हुन् ?

काठमाडौं । गायका प्रकाश सपूतको नयाँ गीत ‘सकम्बरी’प्रति रात्रिकालीन मनोरञ्जन व्यवसायी संघले आपत्ति जनाउँदै युट्युबबाट भिडियो हटाउन माग गरेको छ ।

रात्रिकालीन मनोरञ्जन व्यवसायी संघले विज्ञप्ति जारी गर्दै गीतले रात्रिकालीन व्यवसायमा संलग्न सबै छोरीचेलीहरु देहव्यापारमा लागेको जस्तो सन्देश गएको भन्दै भिडियो हटाउन माग गरेको हो ।

सकम्बरी बोलको गीतलाई ‘अपाच्य’ संज्ञा दिँदै संघले विज्ञप्तिमा भनेको छ, ‘प्रकाश सपुतले विगत केही समयदेखि नेपाली छोरी/नारीको अस्मितामाथि मजाक ब्यंग्य प्रहार गर्दै भाइरल हुनुकै लागि ‘पिर’, फूलमाया–सकम्बरी’ जस्ता अपाच्य गीत बजारमा ल्याएका छन् र चर्चित हुन खोजेका छन् । नेपाली नारीहरुले आफ्नो दुःखको मोचन पौरख, संघर्ष र श्रमबाट होइन, आफ्नो शरीर बेचेर गर्छन्, यौनबाहेक दुःखबाट मुक्ति पाउन उनीहरुसँग कुनै उपाय छैन भन्ने देखाएर कस्तो संस्कृति र भाष्य निर्माण गर्न खोजेका हुन्, प्रश्न छ ।’

साथै, सपुतको ‘सकम्बरी’ गीतले कलाकारिता क्षेत्रमा नारीहरु ‘बेश्यावृत्ति’ गरेरै स्थापित भएको भाष्य जनाउने विज्ञप्तिमा उल्लेख गर्दै संघले भनेको छ, ‘कलाकारिता क्षेत्रमा आउने सबै प्रतिभाहरु तपाइँको भनाइमा ‘बेश्यावृत्ति गरेर नै यस क्षेत्रमा आएका हुन् र स्थापित भएका हुन् त ?’

साथै, संघले प्रकाशलाई भूईंमान्छेबाट उठेर संघर्ष गरी नेपाली कला क्षेत्रमा स्थापित हुन लागेको व्यक्तिले नेपाली समाजमा छोरीरनारीको बारेमा निर्माण गर्न खोजेको विम्ब यही हो त ? भन्दै प्रश्न गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका