जोडिनुहोस

खेलकुद

आईपीएलमा आज दुई खेल हुदै

  • Sagarmatha TV
  • बिहिबार, बैशाख ७, २०८०
आईपीएलमा आज दुई खेल हुदै

काठमाडौं । भारतमा जारी रहेको इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा आज बिहिबार दुई खेल हुदैछ । १६ औं संस्करणको आईपीएलको २७ औं तथा आजको पहिलो खेलमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच खेल हुदैछ ।

पन्जाबको घरेलु मैदान मोहालीमा हुने खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बाट सुरु हुनेछ ।

पाँच खेल खेलेको पन्जाब पाँचौ दुईमा जित सहित पाँचौ स्थानमा रहेको छ । बेंग्लोरले भने पाँच मध्ये दुई खेलमा जित निकालेर अंकतालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको छ ।

पन्जाब र बेंग्लोरबीचको पछिल्लो पाँच खेलमा चार खेलमा पन्जाब र एक खेलमा बेंग्लोर विजयी भएका छन् । आज नै हुने दोस्रो खेलमा कोलकत्ता नाईट राईडर्स र दिल्ली क्यापिटल्स खेल्दै छन् ।

दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा नेपाली समयअनुसार बेलुका पौने आठमा खेल सुरु हुनेछ। दिल्ली र कोलकत्ता दुवैको यो छैटौं खेल हो ।

दुई टोलीबीचको पछिल्लो पाँच खेलमा दिल्ली बलियो देखिएको छ । दिल्लीले तीन खेल जित्दा दुई खेलमा जित हात पारेको छ ।

भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका