जोडिनुहोस
  • होमपेज
  • सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा, रियल प्रतिद्वन्दी

सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा, रियल प्रतिद्वन्दी

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनल अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा बायर्न म्युनिखसँग १-१ गोलको बराबरी खेलेको सिटी समग्रमा ४-१ को जितसहित अन्तिम चारमा पुगेको हो ।

पहिलो लेगमा सिटीले बायर्नलाई ३-० ले हराएको थियो । बायर्नको मैदानमा भएको दोस्रो लेगमा सुरुआती अग्रता सिटीले बनाएको थियो ।

अर्लिङ हालाण्डले ५७ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसअघि ३७ औं मिनेटमा भने हालाण्ड पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा जोसुवा किमिचले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । तर, उनको गोल बायर्नलाई अर्को चरणमा पुर्याउन प्रयाप्त भएन ।

अब सिटीले सेमिफाइनलमा साविक विजेता रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका