जोडिनुहोस
  • होमपेज
  • यमनमा रमजानका लागि दान दिइरहेका बेला भागदौड, ७८ को मृत्यु

यमनमा रमजानका लागि दान दिइरहेका बेला भागदौड, ७८ को मृत्यु

यमनको राजधानी सनाको एक स्कुलमा रमजानका लागि दान बाँड्दै गर्दा भागदौड मच्चियो । उक्त भाग दौडमा ७८ जनाको मृत्यु भएको छ । यमनका गृहमन्त्रीले दान दिइरहेका व्यक्तिलाई हिरासतमा लिएको जानकारी दिए । घटनाको अनुसन्धान जारी रहेको गृहमन्त्रीले बताए ।

सनामा एक स्वास्थ्य अधिकारीले धेरै जना घाइते भएको र तीमध्ये १३ को अवस्था गम्भीर रहेको जानकारी दिए । समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार दान दिनका लागि सयौँ मानिस स्कुलमा जम्मा भएका थिए । यहाँ प्रति व्यक्ति लगभग ९ डलर दिइँदै थियो ।

समाचार एजेन्सी एसोसिएटेड प्रेसले दुई प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै हुथी विद्रोहीले भीडलाई नियन्त्रित गर्न हावामा फायरिङ गरेको थियो । एउटा बुलेट बिजुलीको तारमा लागेको र विस्फोट भएको बताइएको छ । यसका कारण मानिस आत्तिए र भाग दौड मच्चियो ।

सहरको बाब–अल–यमन इलाकामा भएको यो घटनाको भिडियो सोसल मिडियामा छाएको छ जसमा मानिसहरू आत्तिएर दौडिरहेको देख्न सकिन्छ ।

सन् २०१५ मा देशको सरकार राजधानी सनाबाट हटेका कारण त्यहाँ हुथी विद्रोहीका नियन्त्रण छ । सन् २०१५ देखि यमनमा युद्ध जारी छ । सोही वर्ष हुथी विद्रोहीले राजधानी सनाको ठुलो हिस्सा आफ्नो नियन्त्रणमा लिएर सरकारलाई हटाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका