जोडिनुहोस
  • होमपेज
  • आज बुटवलमा जितगढी उत्सव मनाइदै

आज बुटवलमा जितगढी उत्सव मनाइदै

लुम्बिनी – जितगढीमा नेपाल–अङ्ग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुसीयालीमा आज बुटवलमा जितगढी उत्सव मनाइदैछ । जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले १८७२ वैशाख ७ गते अङ्ग्रेज फौजमाथि जित हासिल गरेको थियो ।

सोही खुसीयालीमा बुटवल उपमहानगरपालिकाले जितगढी उत्सव मनाउँदै आएको छ । जितगढी उत्सवका अवसरमा आज जितगढी उत्सव मूल समारोह गोरखादेखि पैदलयात्रामा आएको नेपाली सेनाको टोलीलाई स्वागत गर्ने र पैदलयात्रा समापन गर्ने कार्यक्रम रहेको बुटवलका मेयर खेलराज पाण्डेयले बताए।

उनले बिहान १० बजे पैदलयात्री टोलीलाई स्वागत गर्ने र यात्राको समापन गर्ने कार्यक्रम रहेको र दिउँसो १२:३० बजे जितगढी किल्लामा मूल समारोहको कार्यक्रम रहेको बताए । जितगढी उत्सवका लागि सबै तयारी पूरा भएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले सुनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका