जोडिनुहोस
  • होमपेज
  • मानहानी मुद्दामा दोषी ठहर गर्ने निर्णय विरुद्ध राहुल गान्धीको निवेदन खारेज

मानहानी मुद्दामा दोषी ठहर गर्ने निर्णय विरुद्ध राहुल गान्धीको निवेदन खारेज

काठमाडौं । सुरतको अदालतले बिहीबार भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई मानहानी मुद्दामा दोषी ठहर गरेको निर्णय विरुद्धको निवेदन खारेज गरिदिएको छ ।

न्यायाधीश मोगराले गत अप्रिल १३ मा दुबै पक्षको बहसपछि फैसला गरेका थिए । आज सोही फैसला सुनाइएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । राहुलले उक्त निवेदनमा आफु विरुद्ध सुनाइएको दुई वर्ष जेल सजाय रोक्न अपिल गरेका थिए ।

राहुलसँग अझै उच्च अदलात जाने बाटो भने कायम रहेको छ । यो मुद्दा २०१९ मा बेंगलुरुमा भएको चुनावी र्‍यालीमा राहुलले दिएको बयानसँग सम्बन्धित रहेको छ । र्‍यालीमा राहुलले सबै चोरहरुको थर किन मोदी हुन्छ ? भन्ने अभिव्यक्ति दिएका थिए ।

यस अभिव्यक्तिलाई लिएर गुजरातका बीजेपी विधायक पूर्णेश मोदीले मानहानीको मुद्दा दर्ता गराएका थिए । सोही मुद्दामा राहुललाई दोषी ठहर गर्दै गत मार्च २३ मा राहुललाई दुई वर्ष जेल सजाय सुनाएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका