जोडिनुहोस
  • होमपेज
  • बहराइनद्वारा सिंगापुरलाई २८७ रनको लक्ष्य

बहराइनद्वारा सिंगापुरलाई २८७ रनको लक्ष्य

काठमाडौं । राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा बहराइनले सिंगापुरलाई २ सय ८७ रनको लक्ष्य दिएको छ ।टियु मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको बहराइनले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रन बनायो।

बहराइनका लागि फैज अहमद र शाहबाज बदरले अर्धशतकीय ईनिङ खेले । फैज अहमदले ५९ बलमा ७९ रन बनाउँदा शाहबाज बदरले ९८ बलमा ७६ रन बनाए ।

साहिल अहमदले ४६ तथा कप्तान हैदर बटले २९ रन बनाए । सिंगापुरका लागि रमेश कालिमान्थु,थिलिपन ओमिदुरी र विनोथा बसकरनले समान २/२ विकेट लिए ।

फाइनल बाहेकका हरेक दिन दुवै मैदानमा समान १/१ खेल हुनेछ । वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।

फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका