जोडिनुहोस
  • होमपेज
  • मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह

मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह

काठमाडौँ– सरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आन्दोलन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्रह गरेकी छन्। 

‘मिटरब्याज पीडितलाई न्याय दिन सरकारले कदम चालिसकेको छ’, उनले भनिन्, ‘उजुरी फिर्ता लिएर सरकारलाई सहयोग गरिदिनु होला ।’ सरकारले लिएको अग्रसरतालाई निरुत्साहित पार्ने गरी आन्दोलन नगर्न पनि उनले आग्रह गरिन् । 

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उनले सो समस्या समाधान गर्न उच्चस्तरीय आयोग बनाइएको बताइन् । 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका