जोडिनुहोस
  • होमपेज
  • इटालियन क्लब युभेन्टस युरोपा लिगको सेमिफाइनलमा

इटालियन क्लब युभेन्टस युरोपा लिगको सेमिफाइनलमा

इटालियन क्लब युभेन्ट्स युरोपा लिग फुटलबको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनसँग शुक्रबार विहान १–१ गोलको बराबरी खेले पनि पहिलो लेगको नतिजाका आधारमा समग्रमा २–१ को जित निकाल्दै युभेन्ट्सले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

पोर्चुगलमा भएको खेलमा युभेन्टसले नवौं मिनेटमा अग्रता लिएको थियो । उसका एड्रियन रिबोर्टले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, २० औं मिनेटमा स्पोर्टिङले पेनाल्टीमा बराबरी गोल गरेको थियो । उसका मार्कस एडवार्डले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

क्ष्mबनभ

त्यसपछि दुवै टिमबाट थप गोल नहुँदा समग्रमा युभेन्टस २–१ ले विजयी रह्यो । युभेन्टसको सेमिफाइनलमा भेट स्पेनिस क्लब सेभियासँग हुने छ ।

सेभियाले पनि शुक्रबार विहान सकिएको दोस्रो लेगको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमाथि ३–० ले विजयी हुँदा समग्रमा ५–२ गोल अन्तरका साथ अन्तिम चारमा प्रवेश गर्न सफल भयो ।

घरेलु मैदानमा सेभिल्लाले आठौं मिनेटमा अग्रता लिएको थियो । युसुफ एन नेसरीले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाएका थिए ।

४७ औं मिनेटमा लोइक बाडेले अग्रता दोब्बर बनाएका थिए । ८१ औं मिनेटमा नेसरीले व्यक्तिगत दोस्रो गोल गर्दा ३–० को जित निकाल्न सफल भयो ।

पहिलो लेगको नतिजाका आधारमा सेभिल्ला समग्रमा ५–२ को जितका साथ सेमिफाइनल पुग्न सफल भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका