जोडिनुहोस
  • होमपेज
  • ओमानसँगको खेलमा टस हारेर नेपाल ब्याटिङमा

ओमानसँगको खेलमा टस हारेर नेपाल ब्याटिङमा

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानसँगको खेलमा टस हारेर पहिला ब्याटिङ गर्दैछ ।

कीर्तिपुर मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । नेपालको यो ५०औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो । मङ्गलवार भएको पहिलो खेलमा नेपालले मलेसियालाई हराएको थियो । त्यस्तै बुधवार कतारसँग भएको खेलमा ओमान विजयी भएको थियो ।

त्यस्तै, एसीसी प्रिमियर कपको आजको अर्को खेलमा मूलपानीमा यूएई र हङकङबीच खेल हुँदैछ । १० देश सहभागी प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

प्रिमियर कपको समूह ’ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया र समूह ’बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका