जोडिनुहोस
  • होमपेज
  • युवराज सफललाई कारबाही गर्न सांसद बडुको माग

युवराज सफललाई कारबाही गर्न सांसद बडुको माग

युवराज सफललाई हदैसम्मको कारबाही गर्नुपर्ने माग संसदमा उठेको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले युवराज सफललाई हदैसम्मको कारबाही गर्न माग गरेका हुन् । सफलले विभिन्न विषयमा हावादारी कुरा बोल्दै हिँडेको भन्दै सांसद बडुले उनलाई हदैसम्मको कारबाही गर्न माग गरे । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बडूले सदनसमक्ष आफ्नो गम्भीर धारणा राख्न चाहेको उल्लेख गर्दै निज युवराज सफलले आफ्नो चरित्रहत्या गरेकोले सभामुख मार्फत कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएको बताए ।

वैशाख ५ गते एक आमसञ्चार माध्यममा प्रकाशित समाचार अनुसार सिन्धुली निवासी युवराज पौडेल सफलले दोहोरो नागरिकता लिएको भन्दै पूर्वमन्त्रीसहित १२ जनाविरुद्ध गृह मन्त्रालयमा उजुरी दिएको समाचार छापिएको र त्यसमा आफ्नो नाम समेत जोडेर सम्प्रेषित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले संसद बैठकमा भने,‘मेरो सन्दर्भमा यस्तो आरोप पूर्णतया झुटा, आधारहीन र दुराशययुक्त प्रायोजित समाचारप्रति म गहिरो दुःख र खेद व्यक्त गर्दै विरोध जनाउँछु र घोर भत्र्सना गर्दछु । ममाथि लगाइएको उक्त आरोप पुष्टि गर्न म ठाडो चुनौती समेत दिन चाहन्छु ।’ सांसद बडुले अगाडि भने,‘यसरी सम्प्रेषित समाचारले म जिम्मेवार नागरिकको प्रतिष्ठामा गम्भीर चोट पु¥याएको छ भने मैले पटक पटक मेरो सार्वभौम मुलुकको मन्त्रीपरिषदको जिम्मेवारी निभाइसकेको सन्दर्भमा मेरो देशको स्वाभिमानमाथि समेत अपूरणीय क्षति पु¥याउन सक्ने भएकोले यस्ता तथ्यहीन कुराका उजुरीकर्ता र सत्यतथ्य खोजी नगरी आचारसंहिता विपरीत र दुराशययुक्त तथ्यहीन समाचार सम्प्रेषणकर्ताहरू समेतलाई यथाशीघ्र छानबिन गरी हदैसम्मको कानुनी कारबाही गरिपाउन र सत्यतथ्य संसद्लाई जानकारी गराउन समेत सभामुख मार्फत नेपाल सरकार सम्बद्ध पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

रवि लामिछानेका विरुद्ध हात धोएर लागेको भनिएका सिन्धुलीका युवराज सफलले सोमबार मात्रै पूर्व मन्त्री दिलेन्द्र बडु, नारायण खड्का सहित विभिन्न १२ जनाको नागरिकता छानबिन गरी नीजहरुलाई कारबाही गरिपाउँ भन्दै गृहमन्त्रालयमा यसअघि आफूले दिएको उजुरीको छानबिन कहाँ पुग्यो जानकारी पाउँ भन्दै अर्को निवेनदन दिएका थिए । उनले दिएको त्यही निवेदन र उजुरी सम्बन्धमा आएका समाचारप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको सांसद दिलेन्द्रप्रसाद बडुले बुधबारको संसद बैठकमा बताएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका